इरान : राष्ट्रपति चुनावमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्, शुक्रवार फेरि मतदान हुने

 असार १६, २०८१ आइतबार १५:१७:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानमा राष्ट्रपति चयनका लागि दोस्रो पटक चुनाव हुने भएको छ । गएको शुक्रवार भएको चुनावबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आउँदो शुक्रवार अर्थात् जुलाई ५ तारिखमा चुनाव हुने भएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

चुनाव मुख्यालयका अनुसार पूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियन र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिलीबीच मुख्य प्रतिस्पर्धा भएकोमा दुवैले ५० प्रतिशत मत कटाउन सकेनन् । पेजेस्कियनले ४२ प्रतिशत र जलिलीले ३८ प्रतिशत मत ल्याउनुभएको छ । बाँकी मत अरू उम्मेदवारले ल्याएका छन् ।

इरानमा राष्ट्रपतिको पद सुरक्षित गर्न उम्मेदवारले पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । अब भने चुनाव 'रन–अफ' मा प्रवेश गरेको छ । 'रन–अफ' का लागि जसले धेरै मत प्राप्त गर्छ उसले जीतको दाबी गर्नेछ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया