पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए 'वाइल्ड कार्ड'

 असार १६, २०८१ आइतबार १५:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ हुनेछ ।

वर्ल्ड पारा स्विमिङका प्रमुख क्रेग निकोलसनले नेशनल पारा ओलम्पिक कमिटी– नेपाललाई पत्र लेख्दै कुमालले पेरिस पारा ओलम्पिक खेल्ने जानकारी गराएको हो । भीमबहादुर पुरुष ५० मिटर फ्री–स्टाइल एस–९ विधामा ‘बाइपार्टी कमिसन’ मार्फत 'वाइल्ड कार्ड' मा छनोट भएका पत्रमा उल्लेख छ ।

योसँगै नेपालबाट तीन जना खेलाडीले पेरिस पारा ओलम्पिक खेल्ने पक्का भएको छ । यसअघि पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र भरतसिंह बहता छनोट भएका थिए । पलेशा एशियाली छनोट चरण पार गरेर छानिँदा भरतसिंह ‘वाइल कार्ड’ मार्फत छानिएका थिए ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया