रुसविरुद्धको लडाइँका लागि लामो दूरीमा मार हान्न सक्ने हतियार सहयाेग गर्न युक्रेनी राष्ट्रपतिकाे माग

 असार १६, २०८१ आइतबार १८:३०:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हमला बढाएको भन्दै लामो दूरीमा मार हान्न सक्ने हतियार र हवाई प्रतिरक्षा प्रणालीका लागि सहयोगको अपिल गर्नुभएको छ ।

रुसी क्षेप्यास्त्र आक्रमणबाट हिजो दुई जना बालबालिकासहित सात जनाको ज्यान गएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र युरोपेली सहयोगी देशहरूसँग लामो दूरीमा मार हान्न सक्ने हतियार र हवाई प्रतिरक्षा प्रणालीको माग गर्नुभएको हो ।

दक्षिण–पूर्वी शहर जापोरिझिया नजिकैको विल्नियान्स्क शहरमा रुसी आक्रमणमा सात जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । शुक्रवारदेखि आजसम्म रुसले गरेको आक्रमणमा ११ जनाको ज्यान गएको रोयटर्सले जनाएको छ ।

जेलेन्स्कीले आफ्ना शहर र समुदायहरू रुसी आक्रमणबाट दैनिक रूपमा पीडित भएको बताउनुभएको छ । उहाँले अमेरिका र युरोपले बेलैमा सहयोग नबढाएमा रुसको आक्रमण पनि बढ्ने र यसले युक्रेनलाई मात्रै नभई युरोपकै लागि खतरा बढाउने पनि चेतावनी दिनुभएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया