राेहित र कोहलीपछि जडेजाले पनि लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

 असार १६, २०८१ आइतबार १८:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रविन्द्र जडेजाले यो जानकारी दिएका हुन् ।

उनले टी–२० विश्वकप जित्नु एउटा सपना पूरा हुनुजस्तो भएको भन्दै माया र साथका लागि समर्थकलाई धन्यवाद दिएका छन् । देशका लागि सधैँ उत्कृष्ट प्रदर्शन गरेको भन्दै जडेजाले क्रिकेटको अन्य फर्म्याटमा पनि यो जारी राख्ने बताएका छन् ।

टी–२० विश्वकप जितेलगत्तै सन्न्यासको घोषणा गर्ने उनी तेस्रो खेलाडी बनेका छन् । हिजो भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेपछि विराट कोहली र रोहित शर्माले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया