अस्पताललाई निशाना बनाएर नाइजेरियामा बम विस्फोट : १८ जनाको ज्यान गयो

 असार १७, २०८१ सोमबार ६:४८:३४ | एजेन्सी
unn.prixa.net

एजेन्सी

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी १८ जनाको ज्यान गएको छ भने ४८ जना घाइते भएका छन् । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा)का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका सीएनएनले जनाएको छ । तीन पटक लगातार विस्फोट गराईएको थियो ।

शुरुमा विवाह समारोह, दोस्रो पटक जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो । क्यामरुनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा धेरै समयदेखि हिंसा हुँदै आएको छ । विद्रोही समूह बोको हरामसँगको द्वन्द्वका कारण ४० हजार जना मानिस मारिएका छन् भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया