भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा

 असार १७, २०८१ सोमबार ८:३६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – भेनेजुएला कोपा अमेरिका फूटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह 'बी'काे अन्तिम खेलमा आज बिहान जमैकालाई ३–० गोलले हराएर भेनेजुएला क्वाटरफाइनलमा पुगेको हो ।

टेक्ससमा भएको खेलमा भेनेजुएलाका एडवार्ड बेलो, जोस सालमोन र एरिक रेमिरेजले गोल गरे । जमैकाले भने गोल फर्काउन सकेन । यो खेलसँगै जमैका समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ ।

यसैबीच समूह 'बी' कै अर्काे खेलमा इक्वेडर र मेक्सिोकोले गोलरहित बराबरी खेलेका छन् । आज बिहानको खेलमा बराबरी भएपछि इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ ।

दुवै टिमको समान चार अङ्क भए पनि गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया