युरो कप फुटबल : फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्दै

 असार १७, २०८१ सोमबार १२:२१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे फ्रान्स र बेल्जियमबीच खेल हुँदेछ । यस्तै राति पौने १ बजे पोर्चुगल र स्लोभेनियाबीच खेल हुनेछ ।

गएराति भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन युरो कप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ ।

यस्तै गएराति नै भएको अर्को खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया