फ्रान्सको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी अगाडि

 असार १७, २०८१ सोमबार १२:३७:३७ | एजेन्सी
unn.prixa.net

एजेन्सी

फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी नेशनल र्‍याली एनआरले फराकिलो अग्रता लिएको छ । पहिलो चरणको मतदानमा राष्ट्रपति उम्मेदवार मरिनले पेनको पार्टी एनआरलाई ३३ दशमलव २ प्रतिशत मत प्राप्त हुने देखिएको छ ।

वामपन्थी गठबन्धनलाई २८ दशमलव १ प्रतिशत र राष्ट्रपति एम्यानुएल म्याँक्रोको गठबन्धनलाई २१ प्रतिशत मत आउने सम्भावना देखिएको बीबीसीले जनाएको छ । फ्रान्सको इतिहासमा दक्षिणपन्थी पार्टी एनआरले इतिहासमै पहिलोपटक पहिलो चरणको चुनाव जितेको हो । एनआर पार्टीबाट युवा नेता २८ वर्षीय जोर्डन बार्डेला प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ ।

पाँच सय ७७ सिट रहेको फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीमा बहुमतका लागि दुई सय ८९ सिट आवश्यक पर्छ । त्यहाँ ७ जुलाईमा दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणको चुनावमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाले पहिलो चरणको नतिजा उल्टिन पनि सक्छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया