कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले व्यावसायिक केन्द्र सञ्चालन गर्ने

 असार १७, २०८१ सोमबार १२:१:५१ | रासस
unn.prixa.net

चितवन – रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय सञ्चालनका लागि घुम्ती कोष परिचालन गर्न लागेको हो ।

निर्देशनालयका निर्देशक डाक्टर ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कोष सञ्चालनमा ल्याइने छ । शुरुमा आयोगले दुई करोड रुपैयाँ उपलब्ध गराउने छ भने क्रमशः बजेट थप गर्दै लगिने छ । यसका लागि स्नातक वा योभन्दा माथि पढ्दै गरेका विद्यार्थी, प्राध्यापक र प्राविधिक कर्मचारीको समूह बन्ने छ । यो समूहलाई प्रस्तावका आधारमा २० देखि ४० लाख रुपैयाँ रकम तीन वर्षका लागि विना ब्याजमा उपलब्ध गराइने छ ।

निर्देशनालयले आउने साउनको अन्तिमसम्ममा प्रस्ताव माग्ने तयारी गरेको छ । कृषि, पशु, भेटेनरी, माछालगायतको उत्पादन र बजारीकरणसम्बन्धी प्रस्ताव आह्वान गरिने छ । बीउ उत्पादन, बिरुवा उत्पादन, कीरा मार्न उत्पादन हुने कीरा, हाइटेक नर्सरीजस्ता परियोजनामा लगानी गरिँदै छ । विद्यार्थीलाई व्यावसायिक रूपमा अघि बढ्न र विदेश जानबाट रोक्न यो परियोजना प्रभावकारी हुने देखिएको छ । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया