रसुवागढीमा तीन वटा भाषाको 'साइनबोर्ड' प्रयोगमा

 असार १७, २०८१ सोमबार १२:२९:४० | रासस
unn.prixa.net

फाइल फाेटाे

रसुवा – आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीमा रहेको अध्यागमन कार्यालयले तीन वटा भाषाको 'साइनबोर्ड' प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा 'साइनबोर्ड' प्रयोगमा ल्याएको जानकारी दिनुभयो । उहाँले 'साइनबोर्ड' ले पर्यटकको आवागनमा थप सहज हुने बताउनुभयो ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्म एक हजार ७२ जनाले मानसरोवर, २२ जनाले ल्हासा, ४० जनाले ल्हासा र कैलाश दुवै ठाउँका लागि र पाँच जनाले गन्जाउलगायत अन्य ठाउँ जानका लागि अनुमति लिएका थिए ।

अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवाबासीका लागि केरुङसम्म जान आउन नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गर्दै आएको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया