बेलैमा अस्पताल लान सके सर्पदंशका सबै बिरामीको उपचार सम्भव

 असार १७, २०८१ सोमबार १२:४३:५१ | रासस
unn.prixa.net

रासस

काठमाण्डौ – बर्खा लागेसँगै नेपालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बर्खाको चार/पाँच महिना सर्पको डसाइको प्रकोप नै हुने गरेको छ । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ ।

सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पुर्‍याउनुपर्ने चिकित्सक बताउँछन् ।

बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्‍याए सर्पदंशका सबै बिरामीको उपचार सम्भव भएको नेपाली सेनाका चारआलीमा रहेको अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापाले बताउनुभयो । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनुभएका उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुभयो । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् ।

पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खायाममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् । सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया