टी–२० विश्वकप 'टिम अफ द टुर्नामेन्ट' मा भारतका ६ जना खेलाडी

 असार १७, २०८१ सोमबार १५:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकप २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता भारतीय टोलीका ६ जना खेलाडी आईसीसी टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका छन् ।

भारतबाट कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, अक्षर पटेल, जसप्रीत बुमराह र अर्शदीप सिंह रहेका छन् । रोहितले प्रतियोगिताभरि ३ अर्धशतकसहित २ सय ५७ रन बनाएका थिए । यस्तै सूर्यकुमारले २ अर्धशतकसहित १ सय ९९ रन, हार्दिकले १ सय ४४ रन र ११ विकेट, अक्षरले ९२ रन र ९ विकेट, बुमराहले १५ विकेट र अर्शदीपले १७ विकेट लिएका थिए ।

यसैगरी 'टिम अफ द टुर्नामेन्ट' मा अफगानिस्तानका रहमनुल्लाह गुरबाज, वेस्ट इन्डिजका निकोलस पूरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस, अफगानिस्तानका राशिद खान र फजलहक फरूकी तथा १२ औँ सदस्यका रूपमा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे रहेका छन् ।

गुरबाजले ३ अर्धशतकसहित सबैभन्दा धेरै २ सय ८१ रन, पूरनले १ अर्धशतकसहित २ सय २८ रन, स्टोइनिसले १ सय ६९ रन र १० विकेट, राशिदले १४ विकेट, फरूकीले १७ विकेट, एनरिचले १५ विकेट लिएका थिए ।

भारतले दक्षिण अफ्रिकालाई हराउँदै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि सन् २००७ को पहिलो संस्करणमा भारत विजेता बनेको थियो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया