३ सय वर्ष पुरानाे हनुमान नाच संरक्षणमा नगरपालिका

 असार १७, २०८१ सोमबार १८:३२:० | रासस
unn.prixa.net

बाग्लुङ – बाग्लुङ नगरपालिकाले झन्डै तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणका लागि पहल थालेको छ । बाग्लुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरण गर्न पहल शुरु गरेको उपमेयर राजु खड्काले जानकारी दिनुभयो ।

बाग्लुङ बजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रूपमा रहेको देउराली चोक, कम्पु टोल र किनरा टोललाई संरक्षण गर्ने गरी काम शुरु गरेको पनि उहाँले बताउनुभयाे ।

तीन सय वर्षअघि भक्तपुरबाट बाग्लुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाच बाग्लुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा याे नाच हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवर्द्धनका लागि याे नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।

मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको हाे । एकै पटक १४ जोडीले नाच्ने भएकाले याे नाच निकै खर्चिलो छ । पर्यटक आकर्षण गर्न याे नाचलाई प्रभावकारी बनाइने छ । यहाँको प्रसिद्ध बाग्लुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख जनाभन्दा बढी भक्तजन आउने गरेका छन् ।

ती भक्तजनलाई बाग्लुङमा टिकाउने खालको योजनाअनुसार नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, घरबास स्तरोन्नति, पर्यटकीयस्थलमा क्यूआर कोड राख्ने लगायतका काम भइरहेको छ । नगरपालिकाले आउँदाे आर्थिक वर्षमा ‘बाग्लुङ घुम्न जाऔँ’ कार्यक्रम सञ्चालन गर्ने मेयर वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया