भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किए

 असार १८, २०८१ मंगलबार ६:४७:१२ | एजेन्सी
unn.prixa.net

एजेन्सी

भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुल भत्किएका भारतीय समाचार माध्यम दि इन्डियन एक्सप्रेसले जनाएको छ । भत्किएका पाँच पुल मध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका मिडिया रिपोर्टमा उल्लेख छ ।

भारतको ग्रामीण निर्माण विभागले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै दुर्घटनाका कारण भत्किएको दाबी गरेको छ । अररियामा वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुल उद्घाटनअघि नै भत्किएको हो । विभिन्न गाउँ जोड्ने पुलहरु भत्किदाँ स्थानीयबासी प्रभावित भएका छन् ।

बिहारमा बेलाबेला पुल भत्किने समस्या भईरहन्छन् । तर दश दिनभित्र पाँचवटा पुल भत्किएको यो पहिलो पटक हो । पछिल्लो ४ वर्षमा झन्डै १० वटा पुल भत्किएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया