तनहुँको आँबुखैरेनी गाउँपालिकाले आवासीय सुविधासहित एसईईको तयारी कक्षा सञ्चालन गर्ने

 असार १८, २०८१ मंगलबार १२:१८:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धिका लागि आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाअन्तर्गतका विद्यालयबाट एसईईमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेडवृद्धिमा सहभागी हुन पालिकाले आवासीय सुविधासहितको तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

रामशाह मा.वि. र मित्रता मा.वि.मा आजैदेखि अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसका लागि शिक्षकले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । गाउँपालिकाअन्तर्गतका दश विद्यालयमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ ।

छिम्केश्वरी मा.वि. र कन्यादेवी मा.वि.का सबै विद्यार्थी एसईईमा अनुत्तीर्ण भएका छन् । छिम्केश्वरीका १४ र कन्यादेवीका १९ विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएका हुन् । अध्यक्ष चुमानले एसईईको नतिजाले जनप्रतिनिधि, विद्यालय र विषय शिक्षक पनि फेल भएको बताउनुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया