युरो कप फुटबल : आज राति रोमानिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र टर्की खेल्दै

 असार १८, २०८१ मंगलबार १२:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति रोमानिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र टर्की खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।

यस्तै राति पौने १ बजे अस्ट्रिया र टर्कीबीच खेल हुनेछ । आज बिहान भएको खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएर पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै गएराति भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलबाट विजयी भएको फ्रान्स क्वाटरफाइनलमा पुगेको छ । आजका खेलसँगै युरो कप २०२४ को अन्तिम १६ का खेल सकिने छन् । क्वाटरफाइनलका खेल जुलाई ६ देखि शुरु हुनेछ । क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनी खेल्नेछन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया