नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै रास्वपा बाहिरिने

 असार १८, २०८१ मंगलबार १४:५७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस—एमाले सत्ता समीकरण बन्ने कुरा नागरिकको हितमा नरहेको जिकिर गर्नुभयो । उहाँले नेपालको राजनीतिमा चलखेल निरन्तर भइरहेको बताउनुभयो । उहाँले अब बन्ने गठबन्धनमा रास्वपा नरहने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयाे, ‘नेपालको राजनीतिमा एक खालको अस्थिरता, यो खालको चलखेल निरन्तर भइरहेको छ । त्यो नहोस् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चाहना हो । विगतमा पनि हामीले स्थायित्वका लागि कही प्रयास गरेका थियाैँ । सबै कुरा हामीले चाहेको जस्तो पनि हुँदैन । पछिल्लो सयमा जे भएको छ, यसमा पनि देश र नागरिककाे हितमा छ भन्ने लाग्दैन । यस घटनाक्रमलाई हेर्दा अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ । अर्को सरकार अघि बढ्ने प्रक्रिया भएपछि हामी सरकार छोड्छौँ ।’

प्रमुख सचेतक परियारले पुराना राजनीतिक दलहरू पुरानो परिपाटीबाट पछि नहटेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया