मेक्सिकोमा लागूऔषध गिरोहबीच झडप हुँदा १९ जनाको ज्यान गयो

 असार १८, २०८१ मंगलबार १५:२३:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मेक्सिकोको दक्षिणी राज्य चिआपासमा दुई वटा लागूऔषध गिरोहबीच भएको झडपमा कम्तीमा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चार जना ग्वाटेमालाका नागरिक हुन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एउटा कार्गो ट्रकभित्र १६ जनाको गोली हानी हत्या गरिएको थियो, अरू तीन जना गाडीको बाहिर मृत फेला परेका थिए । मेक्सिकोको सार्वजनिक सुरक्षा मन्त्रालयले मारिने १९ जना सबै लागूऔषध गिरोहका सदस्य रहेको बताएको छ । घटना भएको क्षेत्र ग्वाटेमालाको सीमा नजिकै पर्छ ।

प्रारम्भिक अनुसन्धानले यो झडप मेक्सिकोको सबैभन्दा शक्तिशाली सिनालोआ कार्टेल र चिपास एन्ड ग्वाटेमाला कार्टेलको बीचमा भएको जनाएको छ । यी दुई वटा समूहले सीमा क्षेत्रमा आतङ्क मच्चाउँदै आएका थिए । मेक्सिको सरकारले ग्वाटेमालासँगको देशको दक्षिणी सीमालाई सुदृढ पार्न थप १२ सय जना कर्मचारी तैनाथ गरेको छ । जहाँ दर्जनौँ तस्कर समूह सक्रिय रहेका छन् ।

मेक्सिकोमा सन् २००६ यता लागूऔषध तस्करसँग सम्बन्धित ४ लाख ५० हजार जनाको ज्यान गएको सरकारले जनाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया