टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वाटरफाइनलमा

 असार १९, २०८१ बुधबार ६:४३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – टर्की र नेदरल्यान्ड्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा अष्ट्रियालाई हराउँदै टर्की र गएराति भएको खेलमा रोमानियालाइ हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको हो ।

टर्कीले अष्ट्रियलाई २–१ गोलले र नेदरल्यान्ड्सले रोमानियालाई तीन गोलले हरायो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको ६६ औँ मिनेटमा एक गोल फर्कायो ।यस्तै नेदरल्यान्ड्सकाे जीतमा पामा डोनिएल मालेनले दुई तथा कोडी गाक्पाेले एक गाेल गरे ।

योसँगै युरोकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । क्वाटरफाइनलका अरू खेलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलसँग खेल्नेछ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया