धादिङको झार्लाङमा फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

 असार १९, २०८१ बुधबार ९:११:३७ | रासस
unn.prixa.net

फाइल फाेटाे

धादिङ – खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुगेको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । गएको वैशाखमा असिना पानीले नगदेबाली भित्र्याउन नपाएका किसान यसपाली मकै राम्रो फल्ने आशमा थिए । तर घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पारेको झार्लाङका नासुन तामाङले गुनासो गर्नुभयो ।

अन्नबालीमा विपद्जन्य घटना र रोगकिराको महामारी निरन्तरको चक्र नै बनेको उहाँको भनाइ छ । बाली भित्र्याएर जीविका चलाउँला भन्ने आश अब नरहेको किसानले गुनासो गरेका छन् ।

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका क्षेत्रमा एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । कीराको प्रकोप बढ्दै गएको छ । औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा नआएको किसानले बताएका छन् ।

आसपासका सबै किसानले एकैसाथ विषादी हाले फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारी बताउनुहुन्छ । उहाँका अनुसार फौजी कीरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया