ब्राजील र कोलम्बीया कोपा अमेरिका फुटबलकाे क्वाटरफाइनलमा

 असार १९, २०८१ बुधबार ९:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – कोपा अमेरिका फुटबलमा ब्राजील र कोलम्बीया क्वाटरफाइनलमा पुगेका छन् । लेभिस स्टेडिएममा भएको समूह 'डी' अन्तर्गत को अन्तिम खेलमा आज बिहान ब्राजील र कोलम्बीया १–१ गोलको बराबरी खेलेसँगै दुवै टिम क्वाटरफाइनलमा पुगेका हुन् ।

ब्राजीलका राफिन्हा र कोलम्बीयाका डेनियल मुनोजले समान एक गोल गरे । कोलम्बीया तीन खेलबाट सात अङ्कसहित समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुग्यो । समान खेल खेलेको ब्राजील पाँच अङ्कसहित दोश्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।

यसैबीच समूह 'डी' कै अर्काे खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ गोलले हराएको छ । आज बिहान क्यु टू स्डेडियममा भएको खेलमा कोस्टारिकाले पाराग्वे हराएको हो । कोस्टारिकाका फ्रान्सिस्को क्याल्भो र जोसिमार अल्कोसरले समान एक गोल गरे । पाराग्वे रामोन सोसाले एक गोल फर्काए । दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।

आजको खेलसँगै कोपा अमेरिका २०२४ को क्वाटरफाइनल खेल्ने टिमको टुङ्गो लागेको छ । अब ब्राजीलले उरुग्वे तथा कोलम्बीयाले पानामासँग खेल्नेछ । त्यस्तै अर्जेन्टिना र इक्वेडर तथा भेनेजुयला र क्यानडा खेल्नेछन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया