एसईईमा नवलपुरका १२ वटा विद्यालयको नतिजा 'शून्य'

 असार १९, २०८१ बुधबार १२:६:१ | रासस
unn.prixa.net

फाइल फाेटाे

नवलपरासी – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ वटा विद्यालयको नतिजा 'शून्य' आएको छ ।

वि.सं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।

जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठ वटा सामुदायिक विद्यालयमध्ये दुई वटा विद्यालयले शतप्रतिशत नतिजा निकालेका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रुद्र शर्माले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया