लियोनल मेसी अर्जेन्टिनाको ओलम्पिक टोलीमा परेनन्

 असार १९, २०८१ बुधबार १५:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यही जुलाईको अन्तिमदेखि फ्रान्समा शुरु हुने पेरिस ओलम्पिकको अर्जेन्टिनी फुटबल टिममा स्टार खेलाडी लियोनल मेसी परेका छैनन् ।

मुख्य प्रशिक्षक जेभिएर माशेरानो घोषणा गरेको टोलीमा विश्वकप विजेता टिमका चार जना खेलाडी छन् । जसमा स्ट्राइकर जुलियन अल्भारेज र निकोलस ओटामेन्डी समावेश छन् ।

अहिले कोपा अमेरिका फुटबल खेलिरहेका ३७ वर्षीय मेसी चोटबाट सङ्घर्ष गरिरहेका छन् । मेसीले सन् २००८ मा चीनमा भएको बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

ओलम्पिकमा २३ वर्षमुनिको राष्ट्रिय टिमले खेल्छन् तर प्रत्येक टिममा २३ वर्षभन्दा माथिका चार जना खेलाडी राख्न पाइन्छ । ओलम्पिक पुरुष फुटबलमा अर्जेन्टिना समूह ‘बी’ मा छ । यो समूहमा अर्जेन्टिनासँगै मोरक्को, इराक र युक्रेन छन् ।

ओलम्पिक फुटबल प्रतियोगिताअघि अर्जेन्टिनाले फ्रान्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । पेरिस ओलम्पिक यही जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया