'बेरिल' आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त

 असार १९, २०८१ बुधबार १५:२५:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

'बेरिल' नामको आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त भएका छन् । सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्सको एक भागको रूपमा रहेको युनियन टापुमा रहेका सबैजसो घर क्षतिग्रस्स्त भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले टापु पुरै घरविहीन भएको बीबीसीको खबरमा उल्लेख छ । घर भत्किएपछि सडक अवरुद्ध भएका छन् । बिजुलीका पाेल पनि सडकमा ढलेका छन् । सबैथोक हराएको र आफू बस्ने ठाउँ नै नभएको स्थानीयवासीले बताएका छन् ।

घरहरू भत्किए पनि युनियन टापुमा मानवीय क्षति भएको विवरण आएको छैन । त्यही आँधीका कारण भेनेजुएलामा भने कम्तीमा सात जनाको ज्यान गएको समाचार संस्था सीएनएनले जनाएको छ ।

बेरिल आँधी युनियन टापुमा सन् १९८५ पछि आएको सबैभन्दा ठूलो आँधी हो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया