सुदूरपश्चिममा नयाँ सरकार गठनबारे कांग्रेस र एमालेबीच छलफल

 असार १९, २०८१ बुधबार १५:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने सहमति गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच संयुक्त सरकार गठनका विषयमा छलफल भएको हो ।

अहिले सुदूरपश्चिममा एमालेसहितको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घ सोडारी मुख्यमन्त्री हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८ र एमालेका ११ जना गरी २९ जना सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ जना सांसद आवश्यक पर्छ ।

त्यस्तै कांग्रेस र एमालेले यसअघि मुख्यमन्त्री सोडारीले फुटाएका मन्त्रालय नभई पुरानै मन्त्रालय कायम गर्ने सहमति पनि गरेका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया