जमैकामा बेरिल नामको शक्तिशाली आँधी, जनजीवन नराम्ररी प्रभावित हुने चेतावनी

 असार २०, २०८१ बिहीबार ६:३०:५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

बेरिल नामको शक्तिशाली आँधी ठूलो गर्जनसहित जमैकाको क्यारेबियन टापु तर्फ सरिरहेको छ । झन्डै दुई सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावासहितको आँधी क्यारेबियन टापुको दक्षिणी तटीय क्षेत्रको नजिकबाट पार गर्न सक्ने यूएस नेशनल हुरिकेन सेन्टर (एनएचसी ) ले चेतावनी दिएको छ ।

यसका कारण जमैका र पछि केम्यान टापुहरूमा जनजीवन सङ्कटमा पार्ने खालको हावा र आँधीबेहरी चल्नसक्ने बीबीसीले जनाएको छ । क्यारेबियन क्षेत्रमा आएको आँधीका कारण अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको छ । जमैकामा शक्तिशाली आँधीबेहरीको चेतावनीसँगै प्रशासनले स्थानीय समय अनुसार विहान ६ देखि बेलुका ६ बजेसम्म कर्फ्यू लगाएको छ ।

प्रधानमन्त्री एन्ड्रयु होलनेसले नागरिकलाई यो आँधीलाई गम्भीर रूपमा लिएर बाढी र पहिरोको जोखिममा रहेका बस्ती र नदी किनार तथा तटीय क्षेत्रमा हुनेलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ । बेरिल आँधीका कारण यसअघि सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सको हिस्सा रहेको युनियन टापुमा झन्डै ९० प्रतिशत घर क्षतिग्रस्त भएका थिए ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया