बेलायतमा आज मतदान हुँदै

 असार २०, २०८१ बिहीबार ९:२४:५६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

बेलायतमा आज आम चुनाव  हुँदैछ । आज हुने चुनावमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । चुनावअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको थियो । चुनावमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान हुने बीबीसीले जनाएको छ ।

मतदानमा बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायतबाट पनि सहभागी हुँदैछन् । यो मतदान कुल छ सय ५० संसदीय सीटको लागि हुनेछ । छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।

प्रधानमन्त्री सुनकले गएको मे २२ मा जुलाई ४ लाई आम चुनाव हुने घोषणा गर्नुभएको थियो । त्यसको आठ दिनपछि मे ३० मा संसद् विघटन गरिएको थियो । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभ पार्टीले नेतृत्व गरिरहेको छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया