एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसालको दाबी कायमै

 असार २०, २०८१ बिहीबार ९:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आजदेखि शुरु हुँदैछ । काठमाण्डौको प्रज्ञा भवन कमलादीमा चलिरहेको महाधिवेशनमा आजदेखि चुनावी प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको छ ।

अध्यक्षका लागि अहिलेका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको दाबी कायमै छ । सहमतिको प्रयास भइरहे पनि नेताहरूले दाबी छोडेका छैनन् । महाधिवेशनबाट २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया