रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

 असार २०, २०८१ बिहीबार १०:५६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा पत्र बोकेर बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नदिई फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लने तयारी गरेकाले सहयोग गर्न भनेपछि रास्वपाका मन्त्रीहरु तत्काल राजीनामा नबुझाउने मनस्थितिमा पुगेका हुन् । रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामाको तयारीसहित बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

यसअघि हिजो नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया