निर्वाचन आयुक्तमा सिफारिश प्रधानको संसदीय सुनुवाइ स्थगित

 असार २०, २०८१ बिहीबार १८:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ । आज सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक बसे पनि उजुरीकर्ताहरूको कुरा सुनेसँगै अनिश्चितकालका लागि संसदीय सुनुवाइ स्थगित भएको हो ।

बैठकबारे जानकारी गराउँदै समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिशमशेर जबराले आजको बैठकमा उजुरीकर्ताहरूसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताउनुभयो । उहाँले उजुरीकर्ताहरूले राखेको धारणामा विचार विमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाइ स्थगित गरेको बताउनुभयो ।

निर्वाचन आयुक्तमा सिफारिश प्रधानविरुद्ध यौन दुर्व्यवहारको मुद्दा परेकोमा पैसा दिएर मिलाएको आरोप लागेको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया