एकीकृत समाजवादीकाे अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत

 असार २०, २०८१ बिहीबार १८:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) काे अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएकाे छ ।

काठमाण्डाैमा चलिरहेकाे महाधिवेशनकाे बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गर्दै दाेहाेर्‍याएकाे हाे । यस्तै सम्मानित नेतामा झलनाथ खनाल दाेहाेरिनुभएकाे छ ।

अन्य पदाधिकारीकाे टुङ्गाे भाेलि बिहानसम्ममा टुङ्गाे लाग्न सक्ने एकीकृत समाजवादीले जनाएकाे छ । महाधिवेशनबाट २१ जना पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया