युरोकप फुटबल : आजदेखि क्वाटरफाइनलका खेल हुँदै, स्पेन र जर्मनी तथा पोर्चुगल र फ्रान्स खेल्दै

 असार २१, २०८१ शुक्रबार ९:५५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरो कप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा आज राति पौने १० बजे स्टटगार्टमा स्पेन र घरेलु टोली जर्मनी खेल्दैछन् । दुवै टोली उपाधि दाबेदार हुन् ।

यसअघि अन्तिम–१६ मा स्पेनले जर्जियालाई ४–१ र जर्मनीले डेनमार्कलाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् । यो खेलमा दुवै टोलीका युवा टोलीमा नजर हुनेछ ।

युरो कप फुटबलमा स्पेन र जर्मनी सबैभन्दा सफल टिम हुन् । दुवै टिमले समान ३ पटक उपाधि जितेका छन् । युरो कपमा यी दुई टिमबीच अहिलेसम्म २६ खेल भएकोमा जर्मनीले ९ र स्पेनले ८ पटक जित्दा ९ खेल बराबरीमा सकिएको छ ।

यस्तै क्वार्टरफाइनलको दोस्रो खेलमा आजै राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्स खेल्दैछन् । यसअघि अन्तिम–१६ मा पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी शुटआउटमा ३–० र फ्रान्सले उपहार गोलमा बेल्जियमलाई १–० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।

दुवै टोलीमा स्टार खेलाडी प्रशस्त छन् तर पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका युवा कप्तान केलियन एमबाप्पेको प्रदर्शन हेर्नलायक हुनेछ । यद्दपि यो युरो कपमा दुवै स्टार खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

फ्रान्सले अहिलेसम्म २ पटक उपाधि जितेको छ भने पोर्चुगल १ पटक विजेता बनेको छ । युरो कपमा यी दुई टिमबीच अहिलेसम्म २५ खेल भएकोमा फ्रान्सले १६ र पोर्चुगलले ६ पटक जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया