कोपा अमेरिका फुटबल : इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

 असार २१, २०८१ शुक्रबार ९:३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – कोपा अमेरिका फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । टेक्सासको एनआरडी स्टेडियममा निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो ।

अर्जेन्टिनाका सिसान्द्रो मार्टिनेज पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयमा इक्वेडरका केभिन रोड्रिग्युजले एक गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । अर्जेन्टिना समूह 'ए' को विजेता बन्दै र इक्वेडर समूह 'बी' को उपविजेता बन्दै अन्तिम–८ मा पुगेका हुन् ।

यस्तै भोलि बिहान पौने ७ बजे भेनेजुएला र क्यानडा खेल्दैछन् । यस्तै पर्सि आइतवार बिहान पौने ४ बजे कोलम्बिया र पनामा तथा त्यही दिन बिहान पौने ७ बजे उरुग्वे र ब्राजिल खेल्दैछन् ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया