बेलायतको चुनाव : लेबर पार्टी अग्रस्थानमा, प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि

 असार २१, २०८१ शुक्रबार ९:२५:५५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि परेको छ । योसँगै बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किने बलियो सम्भावना रहेको बीबीसीले जनाएको छ ।

लेबर पार्टीका नेता केयर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः भइसकेको छ । यो चुनाव छ सय ५० संसदीय सीटका लागि भएको हो । छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।

लेबर पार्टीले अहिलेसम्म एक सय १६ सिट जितेको छ भने कन्जरभेटिभ पार्टीले १७ सिट मात्र जितेको छ । चुनावअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरिएको थियो । सर्वेक्षण अनुसार लेबर पार्टीले चार सय १० सिट पाउने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया