लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरियो

 असार २१, २०८१ शुक्रबार १०:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति भएपछि प्रदेशमा पनि यसअनुसार समीकरण हेरफेरको प्रयास शुरु भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारमा एमालेका पाँच मन्त्री थिए । उनीहरुले हिजो राजीनामा दिएपछि मुख्यमन्त्री महराले अब विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको समीकरणअनुसार महराले विश्वासको मत पाउने अवस्था छैन । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्छ । कांग्रेस र एमालेसँग ५६ सांसद छन् ।

यस्तै सुदूरपश्चिममा एमालेले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि केन्द्रमा एमाले–माओवादीसहितको गठबन्धन बनेपछि एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी गएको वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र एमालेका ११ सदस्य रहेकाले नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया