बेलायतको आमचुनावमा विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा

 असार २१, २०८१ शुक्रबार १२:११:२३ | एजेन्सी
unn.prixa.net

एजेन्सी

बेलायतको आमचुनावमा विपक्षी दल लेबर पार्टी विजयी भएकाे छ । लेबर पार्टी एक्लैले बहुमतभन्दा बढी सिट हासिल गरेको बीबीसीले जनाएको छ ।

हिजो भएको चुनावमा जितका लागि तीन सय २६ सिट ल्याए पुग्नेमा पछिल्लो मत परिणामअनुसार लेबर पार्टीले चार सय चार सिट जितेको छ । छ सय ५० संसदीय सिटका लागि भएको यो चुनावमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले अहिलेसम्म एक सय ११ सिट जितेको छ । उसको लज्जास्पद हार भएको मानिएको बीबीसीले जनाएको छ ।

लेबर पार्टीका नेता किएर स्टार्मर प्रधानमन्त्री हुनुहुने भएको छ । योसँगै बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया