पाकिस्तानले जिम्बावेसँग एकदिवसीय र टी–२० शृङ्खला खेल्ने

 असार २१, २०८१ शुक्रबार १५:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पाकिस्तान क्रिकेट टिमले जिम्बावेसँग एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो नोभेम्बर र डिसेम्बरमा पाकिस्तानले जिम्बावेसँग ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० शृङ्खला खेल्ने भएको हो ।

शृङ्खलाका सबै खेल जिम्बावेको बुलावायोमा रहेको क्वीन्स स्पोर्ट्स क्लबमा हुनेछ । एकदिवसीय खेल नोभेम्बर २४, २६ र २८ मा तथा टी–२० खेल डिसेम्बर १, ३ र ५ मा हुने तालिका छ ।

पाकिस्तानले यसअघि सन् २०२०–२१ मा जिम्बावे भ्रमण गरेको थियो । पाकिस्तानले टी–२० शृङ्खला २–१ र टेस्ट शृङ्खला २–० ले जितेको थियो ।

पाकिस्तान र जिम्बावेबीच हुने एकदिवसीय शृङ्खलालाई आईसीसी च्याम्पियन्स ट्रफीको महत्त्वपूर्ण तयारीका रूपमा लिइएको छ । आईसीसी च्याम्पियन्स ट्रफी अर्काे वर्षको फेब्रुअरी र मार्चमा पाकिस्तानमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया