इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणकाे मतदान चल्दै, सुधारवादी नेताले जित्ने अनुमान

 असार २१, २०८१ शुक्रबार १५:१६:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानमा राष्ट्रपति चुनावअन्तर्गत दोस्रो चरणको मतदान चलिरहेको छ । चुनावमा संस्थापन पक्षधर सइद जलिली र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानबीच प्रतिस्पर्धा भइरहेको छ ।

गएको मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको ज्यान गएपछि इरानमा चुनाव भएको हो । अघिल्लो हप्ता भएको चुनावमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि बढी मत ल्याउने दुई जनाबीच आज प्रतिस्पर्धा भइरहेको छ ।

अघिल्लो हप्ताको चुनावमा एकमात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा धेरै ४२ प्रतिशत र जलिलीले झन्डै ३९ प्रतिशत मत ल्याउनुभएको थियो ।

गाजामा चलिरहेको युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा देशहरूसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाका बीच इरानमा चुनाव भइरहेको हो ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया