सरकारको समर्थन फिर्तासम्बन्धी एमालेको पत्र संसद् सचिवालयमा दर्ता, एमाले अब प्रतिपक्षमा बस्ने

 असार २१, २०८१ शुक्रबार १५:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारबाट बाहिरिएको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको छ ।

प्रमुख सचेतक महेश बर्तौलाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएकोसम्बन्धी पत्र संसद् सचिवालयमा दर्ता गराउनुभएको हो । पत्रमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल थालिएको भन्दै असार १९ गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

पत्रमा समर्थन फिर्ताबारेको जानकारी प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा एमाले संसदमा प्रतिपक्षमा रहने उल्लेख छ । कांग्रेससँग नयाँ सत्तागठबन्धनको सहमति गरेसँगै एमालेका सबै आठ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । उनीहरूको राजीनामा स्वीकृत भइसकेको छ ।

गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेपछि रघुवीर महासेठको नेतृत्वमा सरकारमा एमालेका आठ जना मन्त्री सहभागी थिए ।

गएको १७ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा सहमति भएको थियो । एमाले र कांग्रेस दुवैले राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताउँदै आउनुभएको छ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया