एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घाेषणा

 असार २१, २०८१ शुक्रबार १५:५२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । गएको १६ गते शुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले आज ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको हो ।

९३ जना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथ ग्रहण गराउनुभयो । दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको पार्टीले बाँकी सदस्य आउँदो १० दिनभित्र पूर्णता दिने जनाएको छ ।

काठमाण्डाैमा सम्पन्न पार्टीको महाविधेशनले माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरिसकेको छ । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भइसक्नुभएको छ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया