प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासकाे मत लिने

 असार २१, २०८१ शुक्रबार १६:४१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे शुक्रवार असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने भएको छ । उहाँले आज सङ्घीय संसद् सचिवालयका महासचिवलाई पत्राचार गरेर विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।

सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले अस्ति बुधवार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । संविधानमा कुनै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने बाध्यकारी व्यवस्था छ ।

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, नेकपा (एकीकृत समाजवादी) का १० र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका सात जना सांसद अहिलेसम्म विश्वासको मतको पक्षमा देखिन्छन् । बहुमतका लागि आवश्यक सांसदको सङ्ख्या एक सय ३८ पुर्‍याउन प्रधानमन्त्री प्रचण्डले थप ६८ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता गठबन्धन गर्ने सहमति भएसँगै एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया