धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

 असार २१, २०८१ शुक्रबार १८:२८:६ | रासस
unn.prixa.net

धनुषा – धनुषाको सबैला नगरपालिका वडा नम्बर ६ गोविन्दपुरमा भग्नावशेष अवस्थामा रहेको मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन् ।

पुरातत्त्व विभागका पुरातत्त्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले यही असार ७ गतेदेखि मठेश्वरनाथ मन्दिरको उत्खनन शुरु गरेको हो । उत्खनन गरिएको ठाउँमा भेटिएको सिक्का र पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिनुभयो ।

पुरातत्त्व विभागले उत्खनन गरिरहेको ठाउँमा रहेको भनिएको मठेश्वरनाथ मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा पनि उल्लेख छ । पुरातत्त्वविद् दर्नालले भग्नावशेषको अध्ययन गर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताउनुभयो ।

 

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया