बेलायतको पुनर्निर्माण गर्ने नवनियुक्त प्रधानमन्त्री स्टार्मरको प्रतिबद्धता

 असार २२, २०८१ शनिबार ६:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले देशको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल काम कारबाही थाल्ने वाचा गर्नुभएको बीबीसीले जनाएको छ ।

बेलायतमा अस्ति भएको संसदीय चुनावमा अत्याधिक बहुमत पाएसँगै स्टार्मर हिजो नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । लेबर पार्टीले ऋषि सुनकको कन्जरभेटिभको १४ वर्षको शासन अन्त्य गर्दै जित हासिल गर्यो ।

सुनक लिज ट्रसको कार्यकालपछि सन् २०२२ को अक्टोबरमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । बेलायतमा घट्दो सार्वजनिक सेवा, उच्च मूल्य र दलहरुका वाचा पुरा नहुँदा निराशा बढ्दै गएको अवस्थामा स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको र नागरिकका अपेक्षा पुरा गर्नुपर्ने जिम्मेवारी रहेको विश्लेषक बताएका छन् ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया