जसपा पनि सरकारबाट बाहिरियो : प्रधानमन्त्रीको पक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादी

 असार २२, २०८१ शनिबार ९:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका जसपाका मन्त्रीहरूले हिजो प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री थिए ।

सरकारको मुख्य साझेदार एमाले बुधवार नै सरकारबाट बाहिरिसकेको छ । संसदमा सात सिट भएको अशोक राई नेतृत्वको जसपाले पनि समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीको पक्षमा अब माओवादी, रास्वपा र एकीकृत समाजवादी मात्रै बाँकी छन् । माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० गरी प्रधानमन्त्रीको पक्षमा गरी ६३ सांसद छन् ।

यसअघि सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् । कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आउँदो २८ गते पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री बनेयता उहाँले प्रतिनिधिसभाबाट २०७९ पुस २६, दोस्रो पटक २०७९ चैत ६,  तेस्रो पटक २०८० फागुनमा र चौथो पटक गएको जेठ ७ गते विश्वासको मत लिनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया