एकीकृत समाजवादीमा बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मा नयाँ कमिटीलाई

 असार २२, २०८१ शनिबार ९:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एकीकृत समाजवादीले अपुरो कमिटी चयन गर्दै महाधिवेशन सकेको छ । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि सर्वसम्मत चयन गर्न समस्या भएको हो ।

पार्टी विधानअनुसार २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्नेमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी मात्रै सर्वसम्मत चयन भएको छ ।

पोलिटब्युरो सदस्य प्रेम आले भने ९३ जनाको सूचीमा पर्नुभएको छैन । महाधिवेशनले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी नवनिर्वाचित केन्द्रीय कमिटीलाई दिएको छ ।

यसैबीच एकीकृत समाजवादीले कांग्रेस र एमालेको नयाँ समीकरणलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ । महाधिवेशनबाट पारित प्रस्तावमा कुनै सिद्धान्तविना कांग्रेस र एमाले मिल्नुलाई अस्थिरता निम्त्याउने खेल भनिएको छ ।

महाधिवेशनले भ्रष्टाचारविरोधी आन्दोलनमा जुट्न पार्टीपंक्तिलाई आह्वान गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया