अमेरिकामा स्वतन्त्रता दिवस मनाउने क्रममा विभिन्न ठाउँमा गोलीकाण्ड, ३३ जनाकाे ज्यान गएकाे पुष्टि

 असार २२, २०८१ शनिबार १५:१८:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राज्य अमेरिकाले २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको ज्यान गएको छ । पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकाले अस्ति जुलाई ४ तारिखमा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो बिहान शिकागोमा मात्र गोलीकाण्डमा ११ जनाको ज्यान गएको थियो भने ५५ जना घाइते भएका समाचार संस्था एपीले जनाएको छ । स्वतन्त्रता दिवस मनाइरहेको अमेरिकालाई गोलीकाण्डका घटनाले स्तब्ध बनाएको खबरमा उल्लेख छ ।

यस्तै हिजो बिहान क्यालिफोर्नियाको हन्टिङटन बीचमा आतिशबाजी कार्यक्रम समाप्त भएपछि भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । यस्तै बोस्टनमा तीन वटा गोलीकाण्ड भएकोमा एक जनाको ज्यान गएको छ ।

अमेरिकामा विभिन्न सुखद घटनाहरूमा गोलीकाण्ड धेरै हुने गरेका छन् । यो वर्ष अर्थात् सन् २०२४ को पहिलो दिन भएका गोलीकाण्डमा १५ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया