मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त

 असार २२, २०८१ शनिबार १६:५७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गएको जेठ २५ गते मुख्यमन्त्रीको शपथ लिनुभएका जनमत पार्टीका सिंहले आज प्रदेश सभामा विश्वासको मत लिनुभएको हो ।

प्रदेश सभामा उपस्थित एक सय एक जना सांसदमध्ये मुख्यमन्त्री सिंहको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको छ । एक सय सात सदस्यीय मधेश प्रदेश सभामा विश्वासकाे मतका लागि ५४ मत पर्याप्त हुन्छ ।

मुख्यमन्त्री सिंहलाई जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदहरूले भने विपक्षमा मतदान गरेका छन् ।

सङ्घमा नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री सिंहले बिहान मात्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरी छ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया