ओखलढुङ्गाकाे खिजीदेम्वा गाउँपालिकाले विद्यालयमा पत्रुखाना प्रतिबन्ध लगायाे

 असार २२, २०८१ शनिबार १८:३८:५१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिकाले विद्यालयमा पत्रुखाना अर्थात् 'जङ्कफुड' प्रतिबन्ध लगाएको छ । विद्यार्थी र शिक्षकले विद्यालयमा पत्रुखाना प्रयोग गर्न थालेपछि गाउँपालिकाले प्रतिबन्ध लगाएको अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।

यस्तै विद्यार्थीलाई खाजा उपलब्ध गराउन गाउँपालिकाले बारअनुसारको सूची तयार पारेको छ । जसमा गाउँमै उत्पादन हुने खाद्यन्नको प्रयोग हुनेछ । गाउँपालिकाका चार वटा विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम लागू गरेको गाउँपालिकाले यस वर्ष विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि १५ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।

शुरुआती चरणमा माध्यमिक तह सञ्चालित विद्यालयमा कार्यक्रम सञ्चालन भएको र क्रमशः सबै विद्यालयमा लागू गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया