कोपा अमेरिका फुटबल : ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

 असार २३, २०८१ आइतबार ९:८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको अन्तिम खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो । खेलको अन्तिमतिर उरुग्वे १० खेलाडीमा समेटिएको थियो । उसका नाहितान नान्डेजले रातो कार्ड पाए ।

उरुग्वे र ब्राजिलको खेलसँगै कोपा अमेरिका फुटबलको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । आज बिहान भएको अर्को खेलमा पानामालाई हराउँदै कोलम्बिया सेमिफाइनलमा पुग्यो । कोलम्बियाले पानामालाई ५–० गोलले हरायो ।

यसअघि साविक विजेता अर्जेन्टिना र क्यानडा सेमिफाइनलमा पुगिसकेका थिए । अब फाइनलमा पुग्न अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलम्बिया खेल्नेछन् । फाइनल खेल जुलाई १५ तारिख र तेस्रो स्थानको खेल जुलाई १४ तारिखमा हुनेछ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया