पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

 असार २४, २०८१ सोमबार ९:२१:२५ | रासस
unn.prixa.net

लमजुङ – चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो ।

विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झन्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ । स्रोतको कमी भएन भने आउँदाे आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ । गएको आर्थिक वर्षमा १ करोड ३३ लाख रुपैयाँ बजेटबाट पुनर्निर्माण शुरु गरिएकाेमा चालू आर्थिक वर्षमा सरकारले जम्मा ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो ।

पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपीएस’ र यो वर्ष भक्तपुरकै ‘आरजीएस/विष्णु जेभी’ ले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो ।

इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको बताउनुभयो । दरबार बुइँगलसहित तीन तले र कालिका मन्दिर प्यागोडा शैलीको बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया